प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड-नेपाल समूहको गाढा र्याली
अखबार टुडे
प्रकाशित:
२०७७, २६ पुष

धनगढी, २६ पुस । नेकपा प्रचण्ड–नेपाल समूहको अनेरास्ववियुले आइतबार गाढा जुलुस निकालेका छन् । शनिबार नेकपा ओली पक्षले काठमाडौंमा धोती जुलुस निकालेका थिए । त्यसको भोलिपल्ट आइतबार प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी ओलीको संसद विघटनको कदमविरुद्ध गाढा ¥याली निकालेको हुन् । कैलालीका विभिन्न स्थानबाट मगाईएका गोरु र राँगा गाढाको र्याली निकालिएको हो ।
आफ्नो पार्टीको झण्डा र ब्यानरले सजाएर निकालिएको गोरु र राँगा गाढा ¥याली धनगढीको मुख्य बजारमा रहेको क्याम्पस रोडदेखि झण्डै दुई किलोमिटर पार्क चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
अनेरास्ववियु कैलालीकाअध्यक्ष डम्बर भट्टराईले ओली नेतृत्वको सरकार गोरुगाढा जस्तै सुस्त रहेकाले यस्तो गरिएको बताए । उनले विगतको तीनवर्षमा सरकारले विकासको गती सुस्त रहेकाले यस्तो गरिएको बताए ।

प्रतिक्रिया