नीता र लक्ष्मीसँग राजेश हमालको यस्तो रोमान्स (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७७, २६ पुष

काठमाडौं, २६ पुस । अभिनेत्री नीता ढुंगाना एक भिडियोमा अभिनेता राजेश हमालसँग देखिएकी छन् । गायिका लक्ष्मी आचार्य र कुलेन्द्र विश्वकर्माको स्वर रहेको लोकगीत ‘आफ्नै नाम मन परयो’को भिडियोमा अभिनेता हमाल र नीतासँगै गायिका आचार्य पनि देखिएकी छन् ।


माया प्रेमका शब्दले भरिएको निकै मिठासपूर्ण गीतमा प्रलाद सुवेदीको शब्द तथा बसन्त थापाको संगीत रहेको छ । गीतको भिडियोलाई तामझामका साथ तयार गरिएको छ । शिव विकको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा सौरभ लामाको छायाँकन, तारा थापा ‘किम्भे’को सम्पादन रहेको छ
यसअघि हरेक गीत राम्रो र चर्चित दिन सफल गायिका लक्ष्मी केही पहिले गायक चक्र बमसँग सुदुर पश्चिमेली शैलीमा ‘भन् साली तेरी दिदी कहाँ छ’ बोलको गीत आएको थियो । जुन गीत अहिले निकै चर्चामा पुग्न सफल भएको छ । अहिले सार्वजनिक भएको ‘आफ्नै नाम मन पर्यो’ गीतले पनि चर्चा पाउने उनले आशा गरेकी छन् ।

प्रतिक्रिया