इण्डोनेसियाको एयर बोइङ उडेलगतै ५० यात्रुसहित बेपता
अखबार टुडे
प्रकाशित:
२०७७, २५ पुष


जर्काता, २५ पुस । इन्डोनेशियाको राजधानी जकार्ताबाट शनिबार ५० जना भन्दा धेरै यात्रु बोकेर उडेको एक यात्रुवाहक विमान उडेलगत्तै बेपत्ता भएको छ । द श्रीविजया एयर बोइङ ७३७ विमान देशको वेस्ट कालिमान्तन प्रान्तको पोन्टिआनक जानेक्रममा रहेको अधिकारीहरूले बताएका छन् ।
उडानहरूको विवरण राख्ने वेवसाइट फ्लाइटरडारडटकमका अनुसार एक मिनेटभन्दा कम समयमा उक्त विमानले ३ हजार मिटर उचाइ गुमाएको थियो । देशको यातायात मन्त्रालयले खोजी कार्य सुरु भइसकेको जनाएको छ । एजेन्सी

प्रतिक्रिया