पहिलो माया : उमेश र रञ्जिताको अनस्क्रिन रोमान्स (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७७, २५ पुष

काठमाडौं, २५ पुस । चर्चित हाँस्य कलाकार उमेश राई ‘फूलेन्देको आमा’ र मोडल रञ्जिता सुनुवारको ‘पहिलो माया’ सार्वजनिक भएको छ । गायक अरविन तामाङ र गायिका शोभा तामाङको स्वर रहेको ‘पहिलो माया’ गीतको भिडियोमा उमेश र रञ्जिता फिचर्ड छन् । भिडियोमा उनीहरुको अनस्क्रिन प्रेम गजब देखिएको छ ।


रोशन बालुवाको शब्द तथा संगीत रहेको ‘पहिलो माया’ गीतको यस भिडियोलाई मदन खड्काले निर्देशन गरेका हुन् । विरेन्द्र भट्टको छायाँकन र गुरु भोटियाको सम्पादन रहेको यस भिडियोलाई उमेश राईको अफिसिरयल यु–ट्युब च्यानलबाट शनिबार सार्वजनिक गरिएको हो ।
मोडल रञ्जिता सुनुवार पछिल्लो समय म्युजिक भिडियोमा जम्दै आएकी छन् भने उमेश राई ‘फूलेन्देको आमा’ मोडलिङ र हाँस्य अभिनय दुवै विधामा व्यस्त छन् । ‘पहिलो माया’ बोल गीतको यस भिडियोमा उमेश र रञ्जिताले पहिलोपटक स्क्रिन शेयर गरेका हुन् । आगामी दिनमा यी जोडी भिडियोमा जम्ने सम्भावना छ ।

प्रतिक्रिया