नेपाल खबर

धोती जुलुसको नारा ‘आज होइन भोलिलाई, १० वर्ष ओलीलाई’

काठमाडौं, २५ पुस । प्रतिनिधिसभा विघटनपछि दुई चिरा भएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच अहिले आरोपप्रत्यारोप मात्र होइन, शक्ति प्रदर्शनमा समेत उत्रिएका छन् । नेकपा प्रचण्ड–नेपाल समूहले असंवैधानिकरुपमा विघटित प्रतिनिधिसभा पुर्नस्थापना हुनुपर्ने माग गर्दै चरणबद्ध सडक आन्दोलन गरिरहेका छन् । यसैबेला नेकपामा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले समेत प्रदर्शन गर्न थालेका छन् । ओलीले शुक्रबार मात्रै धनगढीमा आफ्ना निकट नेकपाको जनसमालाई सम्बोधन गरेका थिए ।
यस्तै, शनिबार काठमाडौमा ओलीको पक्षमा धोती जुलुस निकालिएको छ । नेकपाको ओली पक्षीय राष्ट्रिय युवा संघको आह्वानमा काठमाडौँको बिजुलीबजारबाट धोती जुलस निस्किएको हो । जुलुसमा सहभागीहरुले धोती, कुर्ता, गम्छा, लगाएका थिए । उनीहरुले ‘केपी ओली जिन्दावाद, साथ दिन तयार छौँ, आज होइन भोलिलाई १० वर्ष ओलीलाई, धोती, कुर्ता, गम्छा मधेसी के शान बा, केपी ओली हमनी सबके जान बा,’ भन्नेजस्ता नारा लगाएका थिए ।
उक्त जुलुस बबरमहलबाट निस्केर माइतीघर हुँदै प्रज्ञा भवन पुगेको थियो । जुलुसको नेतृत्व नेता महेश बस्नेतलगायतले गरेका थिए । प्रज्ञा भवनमा हुने कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले सम्बोधन गर्दैछन् ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top