ट्रक अनियन्त्रित हुँदा एकको ज्यान गयो
प्रकाशित:
२०७७, २४ पुष
इलाम, २४ पुस । माङ्सेबुङ गाउँपालिकाको भोटेडाँडामा ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा एकको ज्यान गएको छ । ज्यान गुमाउनेमा ट्रकमा सवार पाँचथर मिक्लाजुङ गाउँपालिका–४ बस्ने ३५ वर्षीय किरण राई रहेका छन् । राईको उपचारका लागि झापातर्फ लैजाने क्रममा निधन भएको हो । ना३ख २०५ नंको गोलिया बोकेको ट्रक पाँचथरको रविबाट दमक झापातर्फ जाँदै गर्दा अनियन्त्रित भई दुर्घटना भएको थियो ।
ट्रक अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । हाल ट्रक चालक ताप्लेजुङ मेले गाउँपालिका–१ का २० वर्षीय प्रमोद श्रेष्ठ इलाका प्रहरी कार्यालय दमक झापाको नियन्त्रणमा रहेका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
अमेरिका र बेलायतद्वारा इरानको ड्रोन कार्यक्रममा प्रतिबन्धको घोषणा
सुदूरपश्चिम : मुख्यमन्त्री सोडारीद्वारा सपथ ग्रहण, एमाले तत्काल सरकारमा नजाने
इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेशपायल
गायिका एलिना चौहानले कसिन् लगनगाँठो
सुदूरपश्चिम : सोडारीलाई मुख्यमन्त्री बनाउने एकीकृत समाजवादीको निर्णय, दबावमा एमाले