अमेरिकी संसद्को संयुक्त बैठक : जो बाइडनको जित प्रमाणित
अखबार टुडे
प्रकाशित:
२०७७, २३ पुष

काठमाडौं, २३ पुस (बिबिसी) । अमेरिकी संसद्को संयुक्त बैठकले जो बाइडन र कमला ह्यारिसको जितलाई प्रमाणित गरेको छ । गत वर्ष नोभेम्बरमा भएको अमेरिकमा राष्ट्रपतिय निर्वाचन भएको थियो । संसद्ले प्रमाणित गरेपछि अब बाइडनलाई जनवरी २० मा हुने शपथग्रहण गर्ने बाटो खुलेको छ ।
संसद्मा एरिजोना र पेन्सिल्भेनियाको इलेक्टोरल मतका बारेमा रिपब्लिकनले चुनौती दिएको भए पनि ती दुईतिहाइले पारित भएनन् । संसद्को संयुक्त बैठक राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरूले बलपूर्वक संसद् भवनमा प्रवेश गरेका कारण केही बेर अवरुद्ध भएको थियो । इलेक्टोरल मतगणनापछि उपराष्ट्रपति माइक पेन्सले बाइडनले ३०६ र ट्र्म्पले २३२ इलेक्टोरल मत प्राप्त गरेको घोषणा गरेका थिए ।
अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोरल मत आवश्यक हुन्छ । इलेक्टोरल मतबारे नेभाडा, मिशिगन, विस्कन्सिन र जोर्जियाका सांसद्हरूको चुनौती भने सिनेट सदस्यको हस्ताक्षरको अभावमा तुहिएको थियो ।
संसद्को बैठकपछि डोनल्ड ट्रम्पले विज्ञप्ति जारी गर्दै ‘जनवरी २० मा शान्तिपूर्ण हस्तान्तरण’ हुने बताएपनि निर्वाचनमा धाँधली भएको प्रमाणविनाको दाबी छोडेका छैनन् । ‘म यो निर्वाचनको नतिजाप्रति पूर्णरूपमा असहमत भएपनि जनवरी २० मा शान्तिपूर्ण हस्तान्तरण हुनेछ’ उनले आपनो प्रवक्ताको ट्विटरमा प्रकाशित ट्वीटमा भनेका छन् । ट्विटरले ट्रम्पको खाता केही समयको लागि बन्द गरेको छ ।
बुधबार संसदको संयुक्त बैठक चलिरहँदा ट्रम्प समर्थकले संसद भवनमा हिंस्रक आक्रमणको प्रयास गरेका थिए । उक्त हिंसामा परी चार जनाको मृत्यु भएको बताइएको छ । अमेरिकाको संसदमो भएको उक्त हिंसालाई संसारका राष्ट्र प्रमुखहरुले आलोचना गर्दै अमेरिकी लोततन्त्रमाथि प्रश्न उठाएका छन् ।

प्रतिक्रिया