दिपक र डम्बर सोल्टिनीको पछि लागेपछि…! (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७७, २३ पुष

काठमाडौं, २३ पुस । गायक दिपक लिम्बू र डम्बर नेपालीको स्वरमा ‘याराक्मा हौ सोल्टिनीज्यू’ बोल गीतको भिडियो सार्वजनिक भएको छ । लिम्बू संस्कृति झल्काउँने उक्त गीतको भिडियो बुधबार एक कार्यक्रबीच सार्वजनिक गरिएको हो । भिडियोमा पुर्वकै रहन र सहनबीच हुने प्रेमभावलाई दर्साएको छ ।

किरण चाम्लिङ राईले निर्देशन गरेको ‘याराक्मा हौ सोल्टिनी’ गीतको भिडियोमा गायकद्वय दिपक र डम्बरले अभिनय गरेका छन् । उक्त गीतको भिडियोमा इलिजा तुम्बापो फिचरिङ छिन् ।
प्रथम ‘नेपाली तारा’समेत रहेका दिपक र अर्का गायक डम्बरको यो पहिलो सहकार्य गीतको हो । भिडियोमा उनीहरु मितज्यूका रुपमा प्रस्तुत भएका छन् । केही संवादसहित तयार गरिएको भिडियोमा सोल्टिनी (एलिजा)माथि मितज्यूकै आँखा पर्छ । तर, फकाउने साहस दुवैले गर्दैनन् । निर्देशक चाम्लिङले गीतको भावना र मर्मअनुसार भिडियो तयार गरेका छन् ।
गीतको बोल ‘याराक्मा हौ सोल्टिनी’ लिम्बू र नेपाली भाषाको फ्युजन हो । गीत नेपालीमै तयार गरिएको छ । गीतमा कान्छा बाजेको शब्दरचना रहेको छ । भुपेन्द्र तुम्बाहाम्फेको छायाँकन रहेको भिडियोलाई अनिल रानाले सम्पादन गरेका छन् ।

प्रतिक्रिया