देशभर ५ हजार सक्रिय संक्रमित, मृत्यु हुनेको संख्या एक हजार ८९९ पुग्यो
अखबार टुडे
प्रकाशित:
२०७७, २२ पुष

काठमाडौं, २२ पुस । बुधबार थप ४०९ जानमा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित हालसम्म कोरोना भाइरस संक्रमितको संख््या दुई लाख ६३ हजार १९३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६ हजार ७०६ नमूना परीक्षण गर्दा थप ४०९ जना कोरोना पुष्टि भएको हो । जसमा १४४ महिला र २६५ पुरुष छन् । कूल संक्रमितको संख्या दुई लाख ६३ हजार १९३ मध्ये दुई लाख ५६ हजार १६१ संक्रमणमुक्त भएका छन् ।
देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार १३३ रहेको मन्त्रालयले जनाएको छ । तीमध्ये १६०८ जना होमआइसोलेसनमा छन् । एक सय ९७ को आइसियुमा उपचार भइरहेको छ । तीस जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । कोरोना संक्रमणबाट हालसम्म एक हजार ८९९ को मृत्यु छ ।

प्रतिक्रिया