अन्ततः झुक्यो साउदी अरब : कतार बिरूद्धको प्रतिबन्ध अन्त्य
अखबार टुडे
प्रकाशित:
२०७७, २१ पुष

साउदी अरब, २१ पुस (एजेन्सी) । अन्ततः साउदी अरबिया कतारसँग झुकेको छ । खाडी राष्ट्रहरूले क्षेत्रीय ‘एकता र स्थायित्व’ सम्बन्धी तीन वर्षको कतारबिरूद्धको प्रतिबन्ध अन्त्यका लागि सम्झौतामा हस्ताक्षर गरेको साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले बताएका छन् ।
मंगलबार साउदी अरबले खाडी मुलुकहरूको गठबन्धनलाई नेतृत्व दिँँदै कतारले इरान र इरानको समर्थन प्राप्त अतिवादी इस्लामिक समूहसँग कतार अधिक निकट बनेको आरोप लगाउँदै सन् २०१७ को जुनमा उनीहरूले कतारसँग कुटनीतिक सम्बन्ध तथा पारबहन सम्बन्ध विच्छेद गर्ने निर्णय गरेका थिए । उक्त निर्णयले कतारलाई खाडीमा एक्लो बनाएको थियो यद्यपि गठबन्धनको आरोपलाई कतारले खण्डन गर्दै आएको थियो ।
‘यी प्रयासहरूले हामीलाई अल उला वक्तव्यको सहमतिमा पुग्न मद्दत पु¥याएको छ । शिखर सम्मेलनमा हस्ताक्षर हुनेछ । सम्मेलनमा हामी हाम्रो खाडी, अरब र इस्लामिक एकता र स्थिरताको पुष्टि गर्दछौं’ उनले बैठकमा भने । मध्यस्थताका लागि उहाँले संयुक्त राज्य अमेरिका र कुवेतलाई धन्यवाद दिएका छन् ।
उनले भने, ‘आज हाम्रो क्षेत्रको प्रवर्धन र हाम्रो वरपर रहेका विशेष गरी इरानी शासनको आणविक र बैलिस्टिक मिसाइल कार्यक्रमले ल्याएको खतराहरू चुनौतिहरूको सामना गर्न सहयोग पुगेको छ । तोडफोड र विनाश गर्ने योजनाहरूको सामना गर्न एकजुट हुनु आवश्यक छ ।’
अल उला घोषणा पत्र नाम दिइएको दुई सहमति पत्रमा छ–सदस्यीय खाडी सहकार्य परिषद्का नेताले हस्ताक्षर गरेका छन् । साउदी सहर अल उलामा खाडी क्षेत्रका यी मुलुकहरूको शिखर सम्मेलन र मस्यौदा तयार भएको हो । उनीहरूको सहमतिसम्बन्धी सामग्री तुरून्त सार्वजनिक गरिएको छैन तर छिमेकीहरू बीचको लामो दुश्मनीको बाबजुद साउदीले दोहासम्म आफ्नो सिमाना खोल्ने घोषणा गरेपछि राति कडा गतिरोध अन्त्य गर्ने सम्झौताको आशा बढेको छ ।

प्रतिक्रिया