‘उत्कृष्ट गीतकार’को अवार्ड हरि गोपाल प्रधानलाई
अखबार टुडे
प्रकाशित:
२०७७, १९ पुष

काठमाडौं, १९ पुस । ‘स्पर्श म्युजिक भिडियो अवार्ड-२०२०’मा बरिष्ठ फोटो पत्रकार तथा गीतकार हरि गोपाल प्रधान ‘उत्कष्ट गीतकार’को अवार्ड जितेका छन् । शनिबार ललितपुरको ग्वार्कोमा सम्पन्न अवार्डमा प्रधानले ‘तिम्रो मुटुमा’ बोलको गीतबाट अवार्ड पाएका हुन् ।

झण्डै तीन दशकयता फोटो पत्रकारितामा सक्रिय प्रधान गीतकारका रुपमा समेत चिनिन्छन् । उनका दर्जनौँ गीत चर्चित गायक/गायिकाले गाइसकेका छन् । अवार्डर्डेड ‘तिम्रो मुटुमा’ गीतको हालैमात्र भिडियो निर्माण गरिएको छ । उक्त गीतमा सरिता अधिकारीको स्वर र इश्वर खतिवडाको संगीत रहेको छ । कार्यक्रममा विभिन्न कलाकार तथा मोडलहरुलाई अवार्ड वितरण गरिएको थियो ।

प्रतिक्रिया