पार्टीभित्रकै साथीहरुले काम गर्न असहज बनाएँ : मन्त्री ढकाल
अखबार टुडे
प्रकाशित:
२०७७, १८ पुष

काठमाडौं, १८ पुस । संसद विगठनपछि पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका भानुभक्त ढकालले पार्टीभित्रैबाट काम गर्न असहज भएको बताएका छन् । उनले पार्टीकै साथीहरुका कारण सरकारले राम्रोसँग काम गर्न नसकेको बताएका हुन् ।
शनिबार नुवाकोटको विदुरमा नगरस्तरीय कार्यकर्ता भेलामा मन्त्री ढकालले पभने, ‘यो सरकारको अहिलेसम्मको अवधि हेर्ने हो भने प्रतिपक्षले भन्दा बढी पार्टीभित्रकै केही नेताहरुले विरोध गरेको पाइन्छ । जसले गर्दा काम गर्न असहज भएको छ ।’
मन्त्री ढकालले सरकारले संसद् विघटन गरेर निर्वाचनको घोषणा संविधानसम्मत भएको दाबी गरे । ‘संविधानमा विघटन नभएको अवस्थामा बाहेक संसद् पाँच वर्ष चल्नेछ भनेर उल्लेख गरेकाले सरकारले संसद् विघटन गरेको संविधानविपरीत भयो भन्न हुँदैन’ उनको भनाइ छ । उनले निर्वाचन हुँदैन कि भन्ने अन्योलतामा नबस्न कार्यकर्तालाई आग्रह गरे ।

प्रतिक्रिया