कोरोना त्रास कायमै : थपिए ४१९ जना संक्रमित
अखबार टुडे
प्रकाशित:
२०७७, १८ पुष

काठमाडौं, १८ पुस । नेपालमा अझै कोरोना संक्रमणको त्रस हटेको छैन । बरु देशभर जारी राजनीतिक आन्दोलनका कारण जोखिम बढेको छ । यसैबेला शनिबार देशभर थप ४१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो समय देशभरका प्रयोगशालामा पाँच हजारको नमूना परीक्षण गर्दा १७४ महिला र २४५ पुरुष गरी ४१९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख््या दुई लाख ६१ हजार ४३८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या ७५० छन् । योसँगै नेपालमा हालसम्म उपचारपछि निको भएर घर फर्किनेकोे संख्या दुई लाख ५३ हजार ८७५ पुगेको छ । नेपालमा कोरोना संक्रमण निको हुने दर ९७ दशमलव एक प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार देशभर अहिले पाँच हजार ७११ सक्रिय संक्रमित छन् । तिनीहरुमध्ये ३६७ क्वारेन्टिनमा छन् भने अन्य आइसोलेशनमा छन् । मुलुकमा हालसम्म १९ लाख ४२ हजार ७०२ जनाको पिसिआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ६८ महिला र ७६ पुरुष छन् ।
यस्तै, शनिबार कोरोना कारण थप ६ जना मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख््या एक हजार ८७० पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया