‘द भाइब्ज’को निराकार (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७७, १८ पुष

काठमाडौं, १८ पुस । लोकप्रिय नेप्लीज अमेरिकन रक व्याण्ड द भाइब्ज व्याण्डले अंग्रेजी नयाँ वर्षको अवसरमा उपहारस्वरुप एक रोमान्टिक भिडियो सार्वजनिक गरेको छ । व्याण्डले अंग्रेजी नयाँ वर्ष २०२१ का अवसरमा ‘निराकार’ बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरेको हो ।


भाइब्जको नयाँ गीतलाई अमेरिकाका विभिन्न रमणीय स्थलमा छायाँकन गरिएको हो । भिडियोमा ब्राजिलियन र भारतिय मोडलले अनस्क्रिन रोमान्स गरेका छन् । यसमा ब्राजिलका क्रसफिट ट्रेनर किको नासिमान्टो र सानफ्रान्सिस्कोमा बस्दै आएकी भारतिय व्यवसायिक मोडल शालिनी श्रीवास्तवले अनस्क्रिन रोमान्स गरेका छन् ।नेपालमा एक दशक भन्दा लामो समय म्युजिक भिडियो निर्देशन गरी हाल सानफ्रान्सिस्कोमा बस्दै आएका सुरज शाहको निर्देशनमा तयार भएको भिडियोमा छायाँकन र सम्पादन पनि उनकै छ । संगीत, संगीत संयोजन, मिक्सिङ र भोकल द भाईब्ज व्याण्डको रहेको गीतमा शब्दरचना अर्चना श्रेष्ठ, बाँसुरी मनोज सिंह, अतिरिक्त गितारवादन, दीपेन्द्र राई, छायाँकन निर्देशन, ड्रोन र कलर विनोद केसी र अमित गुरुङ तथा सहनिर्देशन मनोज केसी र रोहित क्षत्रीको रहेको छ ।
व्याण्डमा दिरेकललाल श्रेष्ठ ड्रमर, प्रइन सिंह भोकलिष्ट र रुपक लामा गितारिष्ट रहेका छन् । व्याण्डले खै केभो, थाकी सके, त्यहिपल, आमा, फसेँ म र हाम्रो तारा बोलका गीतमाथि ल्याइसकेका छन् ।

प्रतिक्रिया