अंग्रेजी नयाँ वर्षसँगै सांगीतिक क्षेत्रमा उदाए प्रशानमान
अखबार टुडे
प्रकाशित:
२०७७, १८ पुष

काठमाडौं, १८ पुस । अंग्रेजी नयाँ वर्ष २०२१ सँगै प्रशानमान शाक्य गायक, संगीतकार तथा गीतकारको रुपमा दर्शक तथा श्रोतामाझ प्रस्तुत भएका छन् । प्रशानमानले आफ्नै स्वर, संगीत र शब्दमा ‘तिमी र म’ बोलको गीत ल्याएका छन् ।

पारिवारिक सांगीतिक माहोलमा हुर्केबढेका प्रशानमानले लामो समय संगीत साधनापछि पहिलो कोशेलीका रुपमा यो गीत पस्केका हुन् । गायक तथा संगीतकार प्रशानमान वरिष्ठ संगीत सर्जक पन्नाकाजीका नाति एवं बरिष्ठ गायक प्रवेशमान शाक्यका छोरा हुन् । पछिल्लो समय प्रशानमानले पनि बाजे र बाबुको पथ अँगालेका हुन् ।
प्रशानमानको सार्वजनिक गीत ‘तिमी र म’मा फिरोज बज्राचार्यले संगीत संयोजन गरेका छन् । यस गीतलाई प्रशानमानले लिरिकल भिडियो यूट्युबमार्फत सार्वजनिक गरेका हुन् । उक्त लिरिकल भिडियोलाई अनुप पौडेलको सम्पादन गरेका छन् ।
२३ वर्षीय गायक प्रशानमान दुई वर्ष यता चर्चित सांगीतिक ब्याण्ड ‘१९७४ एडी’का संगीतकर्मी मनोज केसीसँग गायन तथा गिटारवादनको प्रशिक्षण लिइरहेका छन् ।

प्रतिक्रिया