नाइजेरियामा सेनाद्वारा हवाई कारबाही : कैयौँ लडाकू मारिएको दावी
अखबार टुडे
प्रकाशित:
२०७७, १७ पुष

अबुजा, १७ पुस (एजेन्सी) । नाइजेरियामा यहाँको सेनाले गरेको कारबाहीमा परी आतंककारी बोको हरामका कैयौँ लडाकू मारिएका बताइएको छ । सो कारबाहीमा परी बोको हरामका कैयौँ लडाकूहरु मारिएका समाचारमा जनाइएको छ । नाइजेरियाको उत्तरी बोर्नाे राज्यमा भएको यहाँको सेनाको कारबाहीमा परी सो ती बोको हराम मारिएका हुन् ।
बुधबार ताम्बुनगिनी भन्ने स्थानमा यहाँका बोको हरामहरु लुकेर बस्ने गरेका छन् । उनीहरुले सो क्षेत्रमा सञ्चालन गरिरहेको हिंसात्मक क्रियाकलापको सूचनाका आधारमा सेनाले हवाई कारबाही गरेको थियो । हराम मारिएको यहाँको सेनाले जनाएको छ तर के कति संख्यामा मारिएका हुन् भन्ने बारेमा भने केही बताइएको छैन ।
बोको हरामहरुले यहाँको उत्तरी बोर्नाे राज्यमा सन् २००९ देखि नै हिंसा गर्दै आएका छन् । सो क्षेत्रमा उनीहरुले इस्लामिक स्टेटहरुलाई स्थापित गर्न खोजेका छन् । तर सरकारको पटक पटकको कारबाहीका कारण यो सम्भव हुन भने सकेको छैन ।

प्रतिक्रिया