सुनको मूल्य प्रति तोला ९४ हजार ५०० पुग्यो
अखबार टुडे
प्रकाशित:
२०७७, १७ पुष

काठमाडौं, १७ पुस । शुक्रबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु ४०० ले उकालो लागेको छ । छापावाला सुन प्रतितोला रु ९४ हजार ५०० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।
प्रतितोला रु ९४ हजार १०० मा बिहीबार कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ४०० ले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुन प्रतितोला रु ९४ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सो सुन बिहीबार तोलामा रु ९३ हजार ६०० मा कारोेवार भएको थियो । चाँदीको मूल्य भने शुक्रबार पनि स्थिर छ । चाँदी तोलामा रु एक हजार ३०० मा कारोवार भएको छ ।

प्रतिक्रिया