नेपाल खबर

अर्को वर्ष जनताको जीवन सुखी बनाउने अभियान सार्थक बिन्दुको अझ नजिक पुग्नेछ : प्रधानमन्त्री

काठमाडौं, १७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२० मा नेपाललाई निम्न अर्थतन्त्रको मुलुकबाट माथि उठाएर निम्नमध्यम अर्थतन्त्रको मुलुकका रूपमा स्थापित गर्न सफल भएको बताएका छन् । अंग्रेजी नयाँ वर्ष सन् २०२१ को शुभकामना दिँदै उनले यस्तो दावी गरेका हुन् ।
प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा संयुक्त राष्ट्रसंघको विकास लक्ष्यअनुरूप सन् २०२२ भित्र नेपाल मध्यम अर्थतन्त्र भएको मुलुकतर्फ उन्मूख हुने दावी गरेका छन् । ‘बितेको वर्षमा हामीले मुलुकमा नवनिर्माणको चौतर्फी अभियान चलाएका छौँ । पूर्वाधारका क्षेत्रमा यातायात, पुल, रंगशाला र अन्य पुरातात्विक सम्पदा, स्वास्थ्य तथा शिक्षा क्षेत्रको पूर्वाधार निर्माणमा हामी विगतको तुलनामा निकै अघि बढ्न सफल भएका छौँ’ सन्देशमा भनेका छन् ।
प्रधानमन्त्री ओलीले विकासका केही दूरगामी योजनाहरू थालनी भएको र जनताको जीवनमा प्रत्यक्ष परिवर्तन महसूस गराउने केही आयोजनाहरू बताउँदै सन्देशमा भनिएको छ, ‘व्यवसायका लागि सुरक्षित राष्ट्रका रूपमा हाम्रो स्थान केही माथि पुगेको छ भने आयात कटौती र निर्यातमा केही बृद्धि गरी हामी सुदृढ अर्थतन्त्रको जग बसाल्न सफल भएका छौँ । फलस्वरूप आपसमा निराशा बाँडेर बस्ने हाम्रो समाजिक प्रवृत्ति सुशासन र समृद्धितर्फको बहसमा केन्द्रित हुन थालेको छ ।’ नेकपा अध्यक्षसमेत रहेका ओलीले समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्ने गन्तव्य तय गरी अघि बढिरहेको बताएका छन् ।
‘समृद्ध नेपाल, सुखी नेपालीको यो राष्ट्रिय आकांँक्षा पूरा गर्न सुस्थीर राजनीति अपरिहार्य छ । तर, अव्यवस्था र अनिश्चयबाट लामो समय गुज्रेको मुलुकलाई विकास र समृद्धिमा लैजाने काममा हामीले अनेक व्यवधानहरूको सामना गर्नुप¥यो । यसका बावजूद मुलुक निर्माणको प्रथमिकताबाट विमुख ब्यक्तिहरूका निजी आकांक्षाहरूले सिर्जना गरेका अवरोधहरूलाई छिचोल्दै राष्ट्रको साझा आकाँक्षा पूरा गर्ने बाटोमा हामी अविचलित निष्ठासाथ अघि बढिरहेका छौँ’ उनले भनेका छन् ।
प्रधानमन्त्री ओलीले मुलुक र जनताको दीर्घकालीन हितमा अगाडि बढाएका पाइलालाई गन्तब्यतर्फ थप गतिशील बनाएको दाबी गरेका छन् । राष्ट्रिय समृद्धितर्फका हाम्रा पाइला आगामी वर्षमा अझ दृढतापूर्वक उचाईमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
अर्को नयाँ वर्षको संघारमा पुग्दासम्म विकास र समृद्धिका लागि बसालेको जग अझ देखिनेगरी थप उचाईमा पु¥याउने उनको दावी छ । ‘राष्ट्रको अवस्था समृद्ध र जनताको जीवन सुखी बनाउने हाम्रो अभियान सार्थक बिन्दुको अझ नजिक पुग्नेछ। आगामी वर्ष र दिनहरूमा हाम्रो राष्ट्रियता अझ मजबूत हुनेछ’ उनले भनेका छन्, ‘हाम्रो स्वाधीनताको हामी अझ बढी व्यवहारिक र वास्ताविक अर्थमा प्रयोग गर्दै अघि बढ्ने छौँ । राष्ट्रिय समृद्धिका यी पाइलाहरूलाई उचाईमा पु¥याउने सरकारको यस अभियानमा सम्पूर्ण पेशा, क्षेत्र, वर्ग र समुदायका दिदीबहिनी तथा दाजुभाइहरूको साथ रहनेछ भन्ने मैले अपेक्षा गरेको छु ।’
नेपालीले वैशाख १ लाई नयाँ वर्षका रूपमा मनाउने मौलिक परम्परा भएपनि अन्तर्राष्ट्रिय प्रचलनमा रहेको इस्वी सम्बतलाई अन्तर्राष्ट्रिय नयाँ वर्षका रूपमा मनाउने उल्लेख गरेका छन् । उनले सन् २०२० मा विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को सामना गर्नुपरेको उल्लेख गर्दै स्वास्थ्य तथा राष्ट्रको सामाजिक र आर्थिक जीवनमा नकारात्मक असर पु¥याएको बताएका छन् ।
शुभकामना सन्देशमा भनिएको छ, ‘संसारका साधन, स्रोत, प्रविधि र शक्ति सम्पन्न मानिएका देशहरूले समेत यस महामारीका कारण हाम्रो भन्दा कयौँ गुणा बढी क्षति बेहोर्नुप¥यो । हामीले कोभिडसँग लड्ने क्षमताको हिसाबले कमजोर र अझ शून्यप्रायः अवस्थामा रहेको स्वास्थ्य संरचनालाई यसैबीचमा निर्माण गरी कोभिड–१९ को क्षति तुलनात्मक रूपमा न्यून गर्न सफल भयौँ ।’ उनले यस संक्रामक महामारीबाट नागरिकलाई बचाउन सरकारले अवलम्बन गरेका उपायहरुलाई दिंदै सुरक्षित रहन समेत आह्वान गरेका छन् ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top