१३औँ ‘मिस तामाङ’का लागि खुल्यो आवेदन | शीर्ष विजेतालाई एक लाख पुरस्कार
अखबार टुडे
प्रकाशित:
२०७७, १६ पुष


काठमाडौं, १६ पुस । ‘मिस तामाङ’को १३औँ संस्करण सुरु भएको छ । बिहीबार आयोजक संस्था एभरेस्ट फेसन होमले राजधानीमा पत्रकार सम्मेलन गरी ‘मिस तामाङ–२०२१’का लागि आवेदन खुला भएको जनाएको हो ।
राजधानीको नयाँ बानेश्वरस्थित हिमालयन रिमठिम क्याफेमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाकी सिईओ रञ्जिता लामाले योग्य तामाङ युवतीहरुबाट प्रतियोगिताका लागि आवेदन खुला गरिएको जानकारी दिइन् । उनका अनुसार ९ माघभित्र आवेदन दिइसक्नुपर्ने र १४ गतेबाट तालिम स्ुरु हुनेछ ।
प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा अर्थात फाइनल २८५७औँ सोनाम ल्होसारको अवसरमा होटल ¥याडिसनमा हुने फेसन होमकी सिईओ लामाले जनाइन् । उनले भनिन्, ‘माघ १४ बाट तालिम शुरु हुन्छ । यसपटक ल्होछारको अवसरमा फागुन १५ गते होटल ¥याडिसनमा ग्र्यान्ड फिनाले आयोजना गरिनेछ, ।’
तामाङ भाषा, धर्म, कला, संस्कृति, भेषभूषा र रीतिलाई तामाङ युवामाझ प्रवद्र्धन गर्न संस्थाले सन् २००९ देखि ‘मिस तामाङ’ आयोजना गर्दै आएको हो । यसपटक सहभागीलाई महिना दिनसम्म तामाङ भाषा, व्यक्तित्वविकास, तामाङ जातिको इतिहासबारे प्रक्षिक्षण दिनुका साथै तामाङ जातिको एतिहासिक स्थलको भ्रमण गराउने बताइएको छ ।
आयोजक संस्थाका अनुसार शीर्ष बिजेतालाई एक लाख नगद पुरस्कारसमेत प्रदान गरिने छ । त्यस्तै, फस्ट रनरअपलाई पचास हजार नगद र सिल्भर क्राउनका साथै सेकेन्ड रनरअपलाई ३० हजार नगद र सिल्भर क्राउन पुरस्कार राखिएको छ । प्रतियोगितामा सहभागी १० जनालाई विभिन्न सबटाइटल पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया