‘मिसेस तामाङ’को उपाधि आकृतिलाई
अखबार टुडे
प्रकाशित:
२०७७, १६ पुष

काठमाडौं, १६ पुस । एसके इन्टरटेनमेन्टले आयोजना गरेको मिसेस तामाङ–२०२० को ताज आकृति तामाङले जितेकी छन् । उनले ताजसँगै मिसेस पपुलर र मिसेस पर्सनालिटीको टाइटलसमेत पाइन् ।
त्यसैगरी क्रान्ति लामा योञ्जन फस्र्ट रनरअप, पब्लिक च्वाईस र मिसेस कन्फिडेण्ट, मिना कुमारी तामाङ सेकेन्ड रनरअप र मिसेस फ्रेण्ड्ली, मुना तामाङले थर्ड रनरअप र बेष्ट वाकको उपाधि पाए
बागमती प्रदेशको उपसभामुख राधिका तामाङको आतिथ्यतामा राजधानीमा सम्पन्न प्रतियोगितामा पूर्वमन्त्री पर्शुराम तामाङ र धनबहादुर घले विषेशष् अतिथि थिए । तीन बर्षदेखि एसके इन्टरटेनमेन्टले यो प्रतियागिता आयोजना गर्दै आएको हो उक्त प्रतियोगिताको निर्णायकमा केशब थापा, शान्ति वाईबा तामाङ, रोशन तामाङ, बिरेन्द्र वाइबा तामाङ र प्रभात तामाङ थिए ।
प्रतियोगिताका बिजेताले क्रमश ५०, २५, १५ र १० हजार रुपैयाँसहित विभिन्न उपहार प्रदान गरिएको आयोजकले जनाएको छ । तामाङ जातिको कला संस्कृति भेषभूषा, रितिरिवाज एबं रहनसहनलाई उजागर गर्दै विवाहित गृहिणी र व्यवसायिक तामाङ महिलाको प्रतिभा प्रस्फुटन र सामाजिकीकरण गर्ने उदेश्यले ‘मिसेस तामाङ’ आयोजना गरिएको आयोजक संस्थाकी अध्यक्ष शान्ता लामा तामाङले बताइन् ।

प्रतिक्रिया