दिप्सन र एलिनाको ‘ज्वाइँ बडो गजब’ (भिडियो)
अखबार टुडे
प्रकाशित:
२०७७, १६ पुष

काठमाडौं, १६ पुस । दिप्सन भट्टराई र एलिना चौहानको स्वरमा ‘ज्वाइँ बडो गजब छ’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा मोडलसमेत रहेका दिप्सनकै शब्द र आबिस्कार भट्टराईको संगीतमा रहेको छ ।
सार्वजनिक भिडियोमा ‘मिस्टर नेपाल–२०१६’को फस्ट रनरपसमेत रहेका दिप्सन भट्टराईको साथमा भुमिका केसी र सुदिप आचार्यल अभिनय गरेका छन् । यस गीतको भिडियोलाई प्रमोद भणडारीले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् ।

प्रतिक्रिया