यस्तो छ आगामी तीन दिनको मौसम
अखबार टुडे
प्रकाशित:
२०७७, १६ पुष

काठमाडौं, १६ पुस । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यस्तै अहिले देशभरका पहाडी भूभागमा आंशिक बदलीरही बाँकी भूभागमा सामान्यतया सफा रहेको जनाइएको छ ।
यस्तो छ आगामी तीन दिनको मौसम
आज (बिहीबार)

दिउँसो : प्रदेश १ मा आंशिक बदली, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
राति : प्रदेश १ मा आंशिक बदली, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
पौष १७ गते (शुक्रबार)
दिउँसो : प्रदेश १ र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
राति : प्रदेश १, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभाग साथै सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
पौष १८ गते (शनिबार)
दिउँसो : लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली साथै गण्डकी प्रदेश तथा प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपात र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ ।
राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेशका १र२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया