अत्यावश्यकबाहेक यात्रा नगर्न चिनियाँलाई आह्वान
अखबार टुडे
प्रकाशित:
२०७७, १५ पुष

बेइजिङ, १५ पुस । चिनियाँ नागरिकलाई चाडपर्व मनाउन भन्दै अनाबश्यक यात्रा नगर्न सरकारले आह्वान गरेको छ । चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले अत्याबश्यक यात्रा मात्रै गर्न सबैलाई आह्वान गरेको हो ।
नयाँ वर्ष लगायतका चाडवर्षको अवसरमा मानिसहरु धेरै आवत जावत गर्ने भएकाले यस पटक रमाइलोका लागि गरिने यात्रा नगर्न आह्वान गरिएको मन्त्रालयले जनाएको छ । कोरोनाभाइरसको महामारी फैलिइरहेका बेला यात्रा गर्दा महामारी थप फैलिन सक्ने भएकाले यात्रामा रोक लगाइएको उनीहरुको भनाइ छ ।
यात्रा गर्नु नै पर्ने भएमा उच्च सतर्कता अपनाउन र स्वास्थ्य मापदण्डहरुको पालना गर्न पनि मन्त्रालयले आग्रह गरेको छ । माक्स लगाउने, सामाजिक दूरी कायम गर्ने, सेनिटाइजरको प्रयोग गर्ने वा साबुन पानीले हात धुने जस्ता सतर्कता अपनाउन जोड गरिएको छ । मन्त्रालयले पर्यटकहरुलाई पनि महामारीबाट बच्नका लागि उच्च सतर्कता अपनाउन आग्रह गरिएको जनाएको छ । (एजेन्सी)

प्रतिक्रिया