‘नयाँ वर्षलाई उपचारात्मक वर्षका रुपमा मनाऔँ’
अखबार टुडे
प्रकाशित:
२०७७, १४ पुष

जेनेभा, १४ पुस (एजेन्सी) । कोरोनाभाइरसका कारण संकटग्रस्त मुलुकहरुलाई नयाँ वर्ष सन् २०२१ लाई उपचारात्मक वर्ष बनाउन संयुक्त राष्ट्रसंघले आह्वान गरेको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले विश्वका सबै समुदायलाई उपचारात्मक वर्षको रुपमा सन् २०२१ लाई मनाउन भिडियो सन्देशमार्फत् आह्वान गरेको हो ।
नयाँ बर्षको अवसरमा शुभकामना सन्देश सहितको भिडियो सन्देशमा उनले महामारीका विरुद्धमा सँगसगै लड्नु पर्नेमा जोड दिएको छ । ‘आउनुहोस्, शान्ति स्थापनाका लागि सँगसगै काम गरौँ, सहकार्य गरौँ र अबरोध तथा समस्याहरुको सामना पनि गरौँ’ भिडियोमा भनिएको छ ।
सन् २०२० भरी कोरोनाभाइरसको महामारी चलेकाले सन् २०२१ मा यो महामारीबाट मुक्त भइसक्ने गरी काम गर्नु पर्नेमा उहाँले जोड दिनुभएको छ । कोरोनाभाइरसका कारण अहिलेसम्म संसारभरी १७ लाख ८३ हजार १०० भन्दा बढीको मृत्यु भएको छ भने आठ करोड १७ लाख ३५ हजार भन्दा बढी संक्रमित भएका छन् ।

प्रतिक्रिया