कमल खनालको ‘चौतारीमा बसेर’
अखबार टुडे
प्रकाशित:
२०७७, १४ पुष

काठमाडौं, १४ पुस । गायक तथा संगीतकार कमल खनालको स्वरमा रहेको ‘चौतारीमा बसेर’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक तथा संगीतकार कमलका ठूलोबुवा देवी ‘विरही’ खनालको शब्द तथा गायक कमलकै संगीत छ । गीतमा राहुल प्रधानको एरेन्ज, मिक्सिङ र मास्टरिङ छ ।
लिरिकल भिडियोमा प्रस्तुत गरिएका स्थिर दृश्यमा आयुषा खनालको आर्टवर्क छ । गीतमा रत्न विकको बाँसुरी, मनिष गन्धर्वको सारंगी, किरण तुलाधरको रेकर्डिङ छ ।
गायक कमलका अनुसार उनको ठूलोबुवाको २० वर्षमै निधन भएको थियो । ‘कलिलो उमेरमा पनि उहाँको साहित्यिक रचनाहरु विलक्षण किसिमका थिए । ५० बर्ष अगागि कोरेको ठूलोबुवाको शब्दलाई संगीतबद्ध गरेर गाउन पाउदा खुशी छु’, कमलले भनेका छन् ।
भिडियोको परिकल्पनाकार गायक तथा संगीतकार कमलले नै हुन् । भिडियोको निर्माण दिनसन शाहले गरेका हुन् । भिडियोलाई गायक कमलले आफ्नै युट्युब च्यानल कमल खनाल म्यूजिकलबाट सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया