अध्यक्ष दाहाल र चिनियाँ कम्युनिष्ट पार्टीका टोली बीच भेटवार्ता
अखबार टुडे
प्रकाशित:
२०७७, १३ पुष

काठमाडौं, १३ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौले भेटवार्ता गरेका छन् ।
अध्यक्ष दाहालको निवास खुमलटारमा सोमबार भएको भेटमा आपसी हित, दुई देशबीचको सम्बन्ध र दुई दलबीचका विविध आयामबारे विचारविमर्श भएको भएको थियो । अध्यक्ष दाहालको सचिवालयका अनुसार उनीहरुबीच आपसी हित र चासोका विषयमा कुराकानी भएको थियो । चिनियाँ कम्युनिष्ट पार्टी, अन्तरराष्ट्रिय विभागका उपमन्त्रीसहितको प्रतिनिधिमण्डल आइतबार नेपाल भ्रमणमा आएको हो ।
यस्तै आजै सो समूहका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालसँग पनि चिनियाँ कम्युनिष्ट पार्टीकोे प्रतिनिधिमण्डलले भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया