नेपाल खबर

पूर्वउर्जामन्त्रीको खुलासा, ‘ओलीकै कारण कुलमानलाई नियुक्ती गर्न सकिएन’

काठमाडौं, १२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गर्न नसकिएको पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले खुलासा गरेका छन् । ‘नागरिक संवाद’मा पुनले यस्तो खुलासा गरेका हुन् ।
ऊर्जामन्त्री रहेका बेला आफूले मन्त्रिपरिषद्मा कुलमानको पुनर्नियुक्तिको प्रस्ताव लिएर जाँदा पनि प्रधानमन्त्री ओलीले कुरै नसुनेको उनले आरोप लगाएका छन् । कार्यक्रममा पुनलाई सोधिएको थियो, ‘तपाईं ऊर्जामन्त्री भएका बेला सबै नागरिकले चाहेका कुलमान घिसिङलाई किन विद्युत् प्राधिकरणमा पुनर्नियुक्ति दिनु भएन ?’ उनले भनेका छन्, ‘अहिले त यसको जवाफ सान्दर्भिक छैन। तैपनि म ऊर्जामन्त्री छँदा मैले कुलमान पुनर्नियुक्तिको प्रस्ताव क्याबिनेटमा लिएर गएको हुँ, नियमित च्यानलबाट पनि र म आफैंले सिधै पनि । तर कार्यान्वयन भएन ।’
कार्यक्रममा आफूले त्यतिखेर प्रधानमन्त्रीलाई नै प्रस्ताव राखेको उनले बताएका छन् । ‘तर उहाँले मान्दै मान्नु भएन, यो कुरा क्याबिनेटका २५ जनालाई थाहा छ,’ पूर्वऊर्जामन्त्री पुनले भने, ‘यो कुरा अहिले त सान्दर्भिक छैन उहाँ (प्रधानमन्त्री ओली) काम गर्ने मान्छेलाई समेट्ने सोच भएको मानिस हैन ।’
तत्कालिन प्राधिकरणको कार्यकारी निर्देशक घिसिङलाई पुनःनियुक्ति गर्न देशभर दवाव सृजना हुँदापनि प्रधानमन्त्री ओलीकै कारण उनको पुनर्बहाली नभएको खुलासा पुनले गरेका छन् ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top