नेकपा फुटको झट्का बागमतीमा पनि : मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव
अखबार टुडे
प्रकाशित:
२०७७, १२ पुष

काठमाडौं, १२ पुस । सत्तारुढ दल नेकपाको विवादको झट्का बागमती प्रदेशमा पनि लागेको छ । बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध आइतबार अविश्वास प्रस्ताव ल्याइएको छ । सत्तारुढ नेकपाकै प्रचण्ड–माधव नेपाल पक्षले पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याएको हो । उनलाई हटाएर नया“ मुख्यमन्त्रीमा अष्ठलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको छ ।
४५ जना प्रदेश सभासदस्यहरुले हस्ताक्षरसहित मुख्यमन्त्री पौडेलविरुद्ध अविस्वास प्रस्ताव दर्ता गरेका हुन् । यो प्रदेशमा नेकपाका ८० सांसद छन् । आइतार नै बागमती प्रदेश सरकारका तीन मन्त्रीले राजीनमा दिएका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले राजीनामा दिएका हुन् ।

प्रतिक्रिया