प्रदेश नम्बर-१ को मुख्यमन्त्रीमा भिम आचार्यलाई प्रस्ताव
अखबार टुडे
प्रकाशित:
२०७७, १२ पुष


काठमाडौं, १२ पुस । प्रदेश नम्बर–१ को मुख्यमन्त्रीमा भिम आचार्यलाई प्रस्ताव गरिएको छ । नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले हालका मुख्यमन्त्री शेरधन राईलाई हटाएर आचार्यलाई प्रस्ताव गरेको हो ।
राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिसकिएको छ । प्रचण्ड र माधव नेपाल पक्षका चार मन्त्री हटिसकेका छन् । अश्विासको प्रस्ताव दर्ता भएपनि नयाँ सरकार बनाउन प्रचण्ड नेपाल पक्षलाई कांग्रेसको साथ चाहिन्छ ।

यसैबीच प्रदेश नं १ को प्रदेशसभाको साताँैं तथा हिउँदे अधिवेशन आगामी माघ ७ गते बस्ने भएको छ । प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आइतबार बिहान बसेको बैठकले सो दिन अपराह्न २ बजे बैठक बस्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीका स्वकीय सचिव रवि खनालले जानकारी दिए । प्रदेशसभाको यसअघि छैटौँ तथा बजेट अधिवेशन गत साउन ९ गते बसेर अन्त्य भएको थियो ।

प्रतिक्रिया