प्रदेश-१ : अविश्वासको प्रस्ताव ल्याउन लागेको भन्दै मन्त्री आङ्बोलाई पदमुक्त
अखबार टुडे
प्रकाशित:
२०७७, ११ पुष

विराटनगर, ११ पुस । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका छन् । मुख्यमन्त्री राईले शनिबार साँझ मन्त्री आङ्बोलाई पदमुक्त गरेका हुन् ।
संविधानको धारा १६९ को (२)(ख) बमोजिम मन्त्री आङ्बोलाई मुख्यमन्त्रीले पदमुक्त गरेको बताइएको छ । मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीका अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्तावको तयारी गरेको थिए ।
मुख्यमन्त्री राई, नेकपा ओली समूहका हुन् । पूर्वमाओवादी खेमामा आङ्बो प्रचण्ड–नेपाल समूह समूहमा लागेका छन् । यो समूहले मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया