‘म नागरिक संविधानको पालक, नेताज्यू तपाई नि ?’
अखबार टुडे
प्रकाशित:
२०७७, ११ पुष

काठमाडौं, ११ पुस । प्रतिनिधिसभा विघटनको चौतफी विरोध भइरहेका बेला शनिबार नागरिक समाजले माइतीघर मण्डलामा प्रर्दशन गरेका छन् । प्रदर्शनका क्रममा उनीहरुले सबै विमतीको संविधानभित्रैबाट समाधान खोज्नुपर्ने बताए ।
प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलनको व्यानरसहित प्रदर्शनमा सहभागीले ‘समृद्धिको यात्रा, ओलीको गाईजात्रा’, ‘म नागरिक संविधानको पालक, नेताज्यू तपाई नि ?’, ‘संविधानमाथि तिरैतिर, प्रतिगामीलाई खिरैखिर’, ‘जनादेशको हत्या’,लगायतका नारा लेखिएको प्ले–कार्ड बोकेका थिए । बृहत नागरिक आन्दोलनले १८ गतेसम्म विभिन्न प्रदर्शन गर्ने नागरिक बताएको छ ।

प्रतिक्रिया