सरकारविरुद्धको प्रदर्शनमा सहभागी हुन कांग्रेसको अपिल
अखबार टुडे
प्रकाशित:
२०७७, ११ पुष

काठमाडौं, ११ पुस । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको भन्दै १३ पुसमा प्रदर्शन गर्ने भएको छ । उनले कांग्रेसले आयोजना गरेको प्रदर्शनमा सहभागिताका लागि समेत सबैमा अपिल गरेका छन् ।
कांग्रेसले संसद् विघटनविरुद्ध १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन आयोजना गर्ने निर्णय गरेको छ । उनले शनिबार अपिल जारी गर्दै पार्टीका सदस्य, शुभचिन्तक र सबै लोकतन्त्रवादीलाई विरोध प्रदर्शनमा सरिक भएर उक्त कदमका विरुद्ध ऐक्यबद्धता प्रकट गर्न अपिल गरेका छन् । सो कार्यविरुद्ध कांग्रेस सम्पूर्णरुपले एकमत साथ उभिएको उल्लेख गरेका छन् । जारी केन्द्रीय कार्यसमितिको बैठकमा आफैँले १३ गते प्रदर्शन गर्ने प्रस्ताव गरेर केन्द्रीय कार्यसमितिको निर्णयपश्चात अहिले सम्पूर्ण ध्यान प्रदर्शनमा केन्द्रित रहेको उनको भनाइ छ ।

प्रतिक्रिया