काठमाडौं, ११ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले ८ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन् । एक मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् ।
संसद विघटनपछि असुन्तुष्ट बनेका प्रचण्ड–नेपाल समूहले छुट्टै सरकार छाडेपछि ओलीले मन्त्रिमण्डल पुर्नगठन गरेका हुन् । ओलीले शुक्रबार मन्त्रिपरिषद विस्तारअघि युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोती दुगडलाई हटाएका हुन् ।
प्रधानमन्त्री ओलीको मन्त्रिमण्डलमा टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, प्रेमबहादुर आले, गणेश ठगुन्ना, गौरीशंकर चौधरी दावा लामा र जुलीकुमारी महतोले मन्त्री पदको सपथ लिएका छन् भने विमला विश्वकर्माले राज्यमन्त्रीको सपथ लिएकी छन् ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकमार नेपाल समूहले संसद विघटनविरुद्ध आन्दोलन सुरु गरेकै दिन ओलीले मन्त्रिमण्डल विस्तार गरेका हुन् ।