गीत गाएर विश्व रेकर्ड राख्दै राज्यमन्त्री मानन्धर
अखबार टुडे
प्रकाशित:
२०७७, १० पुष

काठमाडौं, १० पुस । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले गीत गाएरै विश्व रेर्कड राख्दैछन् । सांसद विघटन र नेकपा पार्टी विभाजनमा भएपछि अरु मन्त्री तथा नेताहरु संकटमा रहेको अवस्थामा राज्यमन्त्री मानन्धरले विश्व रेकर्डका लागि शुक्रबार विभिन्न किसिमका गीत गाएका छन् ।


प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री मानन्धरले गीत गाएर विश्व रेर्कड राख्न लागेकामा शुभकामना दिए । मन्त्री मानन्धरलाई हौसला दिन प्रधानमन्त्री पत्नी राधिका शाक्य बालाजुस्थित अष्टनारारायण हलमा पुगेकी थिइन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना सुनाएकी थिइन् ।


अहिलेसम्म स्टेजमा गाएको अनुभवलाई विश्व कीर्तिमानका लागि रेर्कड गरेको मन्त्री मानन्धरले बताए । विश्वकीर्तिमानका लागि उनले करिब ४ घण्टामा ५९ गीत गाउँदैछन् । गीत आजै शुक्रबार गाइसक्ने उनले बताए ।

प्रतिक्रिया