प्रचण्ड-माधव पक्षका कार्यकर्ताद्वारा संसद विघटनविरुद्ध मसाल जुलुस | कांग्रेसले देशभर प्रदर्शन गर्ने
अखबार टुडे
प्रकाशित:
२०७७, ९ पुष

काठमाडौं, ९ पुस । नेकपा प्रचण्ड–माधव नेपाल पक्षका कार्यकर्ताले संसद विघटनको विरोधमा बिहीबार साँझ मसाल जुलुससहित प्रदर्शन गरेका छन् । काठमाडौंको बिजुली बजारदेखि बबरमहलसम्म उनीहरुले मसाल जुलुस प्रदर्शन गरेका हुन् ।
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठकमार्फत संसद विघठन गरेपछि अहिले नेकपा दुई चिरा भइसकेको छ । अध्यक्ष ओली पक्ष र प्रचण्ड–माधव पक्षका रुपमा विभाजित नेकपा अहिले नेता तानातानमा पुगेका छन् । प्रधानमन्त्रीले आफू खुसी असंवैधानिक रुपमा संसद विघठन गरेको भन्दै अहिले देशभर विरोध भइरहेको छ ।

यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् विघटनको विरोधमा आउने सोमबार देशभर प्रदर्शन गर्ने भएको छ । बुधबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकले १३ पुसमा देशभर प्रदर्शन गर्ने निर्णय गरेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया