कोरोनाको नयाँस्वरुपले बेलायत प्रभावित : अधिकांश स्थानहरुमा आवत-जावत प्रतिबन्ध
अखबार टुडे
प्रकाशित:
२०७७, ९ पुष

लण्डन, ९ पुस (एजेन्सी । बेलायतमा कोरोना भाइरसको नयाँ स्वरुपको जिवाणु भेटिएको भन्दै यहाँका कतिपय स्थानमा थप प्रतिबन्ध लगाइएको छ । बेलायत सरकारले कैयौँ स्थानमा कडा खालको प्रतिबन्ध लगाइएको बताएको छ ।
यहाँका अधिकारीहरुले बेलायतमा कडा खालको कोरोना भाइरसको जिवाणु भेटिएको बताएका छन् । यसअघि पनि बेलायतमा गत वर्ष चीनको वुहानबाट उत्पत्ति भएको भनिएको कोरोना भाइरसको दोस्रो लहर आएको र त्यसले पहिलेको भन्दा धेरै असर पारेको बताइएको छ । यो दोस्रो लहरका कारण बेलायतमा केही हप्ता यतादेखि कडा खालका प्रतिबन्धहरु लगाएको थियो र यसपछि पछिल्ला केही दिनहरु यतादेखि पनि यहाँ झनै कडा भाइरस आएको भन्दै थप प्रतिबन्धहरु लगाइएको थियो ।
ब्रिटिस सरकारको यो आदेश आएको भोलिपल्टै आइतबारमात्र डच सरकारले पनि यो यात्रा प्रतिबन्ध लगाएको समाचार आएको छ । बेलायतमा आगामी क्रिसमसमा र नयाँ वर्षमा दिइएको विदाका समयमा नागरिकहरुले विदा मनाउन ठूलो संख्यामा जम्मा हुनसक्ने भएकोले यसमाथि प्रतिबन्ध लगाएको बुझिएको छ । बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले यहाँका थप केही स्थानमा कडा खालको प्रतिबन्ध लगाइएको घोषणा बुधबार मात्र गरेका थिए । जसका कारण यहाँ बसोबास गर्ने कतिपय स्थानका नागरिकहरु त घरबाट निस्किन समेत नपाउने गरी प्रतिबन्धहरु लगाइएको अधिकारीहरुले जानकारी गराएका छन् । यसरी बुधबार नयाँ प्रतिबन्ध लगाइएका स्थानहरुमा पूर्वी बेलायतका विभिन्न सात स्थानहरु रहेका स्वास्थ्यमन्त्री म्याटले जानकारी दिए । ती स्थानहरुमा पछिल्लो पटक नयाँ खालका कोरोना भाइरसका दुई जना विरामी भेटिएपछि यस्तो प्रतिबन्ध लगाउनुपरेको उनको भनाइ छ ।
यसैबीच बेलायतमा यो पछिल्लो अवस्थापछि बेलायतबाट आउने तथा बेलायत जाने हवाई उडानहरुमाथि प्रतिबन्ध लगाएको बताएका छन् । बेलायतबाट हुने उडानमा विश्वका ४० भन्दा बढी देशले प्रतिबन्ध लगाएका समाचार आएका छन् । गएको आइतबार मात्र पनि डच सरकारले यस्तै खालको प्रतिबन्ध लगाइएको डच सरकारले विज्ञप्तिमार्फत जानकारी गराएको थियो ।
बेलायतबाट आएको उडानमा रहेका एकजना व्यक्तिमा हालैमात्र कोरोना भाइरसको जिवाणु पाइएको भन्दै यस उडानमा प्रतिबन्ध लगाएको बताइएको हो । बेलायतल सरकारले पनि आगामी क्रिसमस पर्व र नयाँ वर्षका अवसरमा धेरै भिडभाड हुनसक्ने सम्भावना रहेकोले नागरिकलाई घरबाट बाहिर ननिस्कन र निस्किएमा पनि भिडभाड नगर्न भनेको छ । बेलायतबाट हुनसक्ने कोरोनाको संक्रमणलाई जति सक्दो कम गर्न तथा फैलिन नदिन बेलायत जान र त्यहाँबाट आउने नागरिकलाई रोक्नका लागि यतिखेर विश्वका कैयौँ देशहरुले यात्रामा प्रतिबन्ध लगाएको बताएका छन् ।
यसरी बेलायत दोस्रो लहरको प्रभावपछि पनि थप समस्यामा परेको पाइएको छ । गत वर्षको डिसेम्बरबाट शुरु भएको पुरानै कोरोना भाइरसबाट पनि शुरुमा प्रभावित भएको बेलायतले यसको नियन्त्रण राम्रोसँग गर्न सफल भएको थियो । तर पनि अघिल्लो महिनादेखि पुनः यसैको दोस्रो लहर आयो र यहाँको जनजीवनलाई थप प्रभावित बनायो । त्यसपछि पनि केही नयाँ प्रतिबन्धहरु बेलायतले घोषणा गरेका थिए ।
यसका कारण फेरि पनि यहाँका कतिपय स्थानका नागरिक घरबाट बाहिर निस्किन नपाउँदा समस्या थपिएको छ । यसमा पनि नयाँ भाइरसको त्रासका कारण विश्वका ४० भन्दा बढी देशले बेलायतमाथि यात्रा प्रतिबन्ध लगाएपछि त यहाँको जनजीवन थप प्रभावित भएको बताइएको छ ।

प्रतिक्रिया