सुर्जमतिले ७१ वर्षमा बल्ल पाइन् नागरिकता
अखबार टुडे
प्रकाशित:
२०७७, ९ पुष

बाजुरा, ९ पुस । बुढीनन्दा नगरपालिका–१ की सुर्जमति सुनारले बाजुरामा ७१ वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छन् । वृद्धभत्ता खाने उमेर पुगिसक्दा समेत नागरिकता प्राप्त गर्न नसकेकी बुढीनन्दा नगरपालिका १ बस्ने सुर्जमति सुनारले नागरिकता प्राप्त गरेकी हुन् ।
आवश्यक कागजत्रपत्र तथा सहयोग गर्ने कोही नहुँदा सुर्जमतिले नागरिकता पाउनबाट वञ्चित भएकी हुन् । यो कार्यमा प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेको बिशेष पहलमा नागरिकता प्राप्त गरेकी हुन् । नगरपालिका र वडामा सम्पर्क गरेर नागरिकताका लागि आबश्यक पर्ने कागजपत्र तयार गर्न लगाएर अधिकारी गैह्रेले नागरिकता उपलब्ध गराएका हुन् । सुर्जमति एक्लै बस्दै आएकी छन् ।
तीन सन्तान भएपनि छोरीको मृत्यु भएको र छोरो घरबाट बेपत्ता भएकोले सुनारलाई नागरिकता बनाउन पहल गरिदिने समेत कोही थिएनन् । सुनारका श्रीमानको समेत मृत्यु भईसकेको छ ।
नागरिकता पाएपछि सुनार खुसी भएकी छन् । सरकारी सेवा लिन समेत सहज हुने र वृद्धभत्ता पाउने आशसँगै सुनारको खुसी पलाएको छ । नागरिक भएर पनि प्रक्रिया अपुग हुँदा नागरिकता नपाउने समस्या अवस्था हेरेर सहजिकरण गरेर उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताएका छन् ।

प्रतिक्रिया