प्रचण्डलाई संसदीय दलको नेता चयन गर्न बानेश्वरमा बैठक
अखबार टुडे
प्रकाशित:
२०७७, ८ पुष

काठमाडौं, ८ पुस । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव समुह)को संसदीय दलको बैठक बानेश्वरस्थित संसद भवनमा बस्दैछ । आजको बैठकले दलको नेता चयन गर्ने भएको छ । मंगलबार मात्रव नेपाललाई नयाँ अध्यक्ष चयन गरिएपछि बुधबार बस्ने बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ । नेता देव गुरुङका अनुसार आज बस्ने बैठकले अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता चयन गर्ने सहमति भएको छ ।
यसअघि नेकपाको दलको नेता केपी शर्मा ओली थिए । प्रचण्ड–नेपाल समूहले ओलीलाई अध्यक्षबाट हटाएको घोषणा गरिसकेको छ ।

प्रतिक्रिया