Breaking : नेकपाको नयाँ अध्यक्षमा माधव नेपाल
अखबार टुडे
प्रकाशित:
२०७७, ७ पुष

काठमाडौं, ७ पुस । प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय समिति बैठकले नेकपाको अध्यक्षबाट केपी शर्मा ओलीलाई बर्खास्त गरेको घोषणा गरेसँगै नयाँ अध्यक्षमा माधव नेपाललाई चयन गरेको घोषणा गरेको छ । प्रधानमन्त्री तथा अध्यक्ष ओली पार्टीबाट बर्खास्त भएपछि नेकपाको नयाँ अध्यक्षमा माधव नेपाल चयन बैठकले जानकारी दिएको हो ।
प्रचण्ड–माधव नेपाल समूहको मंगलबार बसेको केन्द्रीय समिति बैठकले वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टीको अध्यक्ष बनाउने प्रस्ताव अर्का वरिष्ठ नेता झलनाथ खनालले पेश गरेका थिए । सो प्रस्ताव सर्वसम्मतिले पारित भएको बताइएको छ ।
बैठकमा नेकपा अध्यक्ष प्रचण्डले ओली सच्चिएर आए फेरि पनि पार्टीमा स्वागत गर्न तयार रहेको जानकारी दिए । उनले भने, ‘केपी ओलीले राष्ट्र, जनता, पार्टीलाई घात भयो भनेर आउनुभयो भने हामी उहाँलाई स्वागत गर्छौं ।’ प्रधानमन्त्री तथा अध्यक्ष ओलीले एकपक्षीय संसद विघटन गरेपछि असन्तुष्ट भएका प्रचण्ड–नेपाल समूहले केन्द्रीय समितिबाट ओलीलाई मंगलबारकै बैठकबाट अध्यक्ष पदबाट हटाएको घोषणा गरेको हो ।

प्रतिक्रिया