प्रचण्डको प्रश्न ‘एकतिहाई सदस्य बसेर तीन तिहाई थप्ने निर्णय गर्न मिल्छ ?’
अखबार टुडे
प्रकाशित:
२०७७, ७ पुष

काठमाडौं, ७ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीले आफू खुसी केन्द्रीय सदस्य थपेको प्रति प्रश्न उठाएका छन् ।
प्रचण्डले ओलीलाई प्रश्न गरे, ‘एकतिहाई सदस्य बसेर तीन तिहाई थप्ने निर्णय गर्न मिल्छ ?’ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा मंगलबार बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले ५५६ जनालाई केन्द्रीय सदस्य थप गरेको छ । ती सदस्यहरुको सूचि निर्वाचन आयोगमा समेत दर्ता गरिसकेको बताइएको छ ।

प्रचण्ड-नेपाल पक्षको बैठकको रिर्पोटिङ गर्दै पत्रकारहरु


केपी ओली समूहले बालुवाटारमा गरेको बैठक अवैधानिक भएको समेत अध्यक्ष प्रचण्डको दाबी छ । मंगलबार थापाथलीस्थित कार्की पार्टी प्यालेसमा आयोजित आफ्नो समूहको बैठकमा भने, ‘ओलीले रोखेको बैठक अवैधानिक छ ।’ उनले विघटन भएको सरकार हो, संसद होइन नभएको समेत बताए । अध्यक्ष प्रचण्डले बुधबारदेखि बादल र वामदेव समेत बैठकमा सहभागी हुने प्रचण्डले बताए । मंगलबार भने उनीहरु सहभागी थिएनन् ।

प्रतिक्रिया