नेकपाको अध्यक्षबाट ओलीलाई हटाइएको घोषणा
अखबार टुडे
प्रकाशित:
२०७७, ७ पुष

काठमाडौं, ७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय समितिको अध्यक्षबाट हटाइएको घोषणा गरिएको छ ।
मंगबलार प्रचण्ड–माधव नेपाल समूहको बहुमत केन्द्रीय समितिको बैठकबाट ओलीलाई अध्यक्षबाट हटाइएको घोषणा गरिएको हो । ओलीलाई हटाउनेगरी भएको निर्णयमा ३१५ जना केन्द्रीय सदस्य सहभागी रहेको बताइएको छ ।
मंगलबार ओली र प्रचण्ड–नेपाल समूहको छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बसेको थियो । बैठकमा अध्यक्ष प्रचण्डले संसद विघटन नभएको दावी गरे । बैठकलाई सम्बोधन गर्दै उनले मन्त्रिपरिषदको बैठकमार्फत प्रतिनिधिसभा भंग गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नासाथ ओली नेतृत्वको सरकार भंग हुने दावी गरे । ‘संविधानविद्ले पनि त्यो कदम असंवैधानिक र अलोकतान्त्रिक नै छ भनेका छन्,’ उनले भने, ‘विघटन भएको सरकार हो, संसद होइन भनेर हामी सर्वोच्च अदालतमा पनि जान्छौँ ।’

उनले न्यायालयप्रति आफूहरुले भरोसा गरेको र संविधानको मर्मलाई न्यायालयले आत्मसात् गरेर न्याय दिने विश्वास गरेको सुनाए ।

प्रतिक्रिया