भ्रष्ट नेतृत्वबाट मुक्ति पाउन ताजा जनादेशमा जानु उत्तम विकल्प : राप्रपा
अखबार टुडे
प्रकाशित:
२०७७, ७ पुष

काठमाडौं, ७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा विघटनलाई भ्रष्ट नेतृत्वबाट मुक्ति पाउन ताजा जनादेशमा जानु उत्तम विकल्प भएको बताएका छन् । राप्रपाका अध्यक्ष कमल थापाले मंगलबार बिहान ट्विट गर्दै यस्तो बताएका हुन् । संसद विघटनको वैधानिकता परीक्षण सर्वोच्चले गरेपनि निर्वाचनमा जानु सहि विकल्प भएको उनको भनाइ छ ।
‘संसद विघटनको वैधानिकताको परीक्षण, निरुपण र व्याख्या सर्वोच्च अदालतले गर्ने नै छ’ उनले भनेका छन्, ‘घोडा व्यापार’ र फोहरी गठबन्धन बनाएर ब्रम्हलुट र कुशासनको दोस्रो श्रँृखला सुरू गर्नुभन्दा विगतको गलत अवधारणा र मार्गचित्र सच्याउन र भ्रष्ट नेतृत्वबाट मुक्तिको लागि ताजा जनादेशमा जानु उत्तम विकल्प र अवसर हो ।’

प्रतिक्रिया