नेपाल खबर

प्रतिनिधिसभा विघटनविरुद्ध शान्ति समाजको देशव्यापी प्रदर्शन

काठमाडौं, ७ पुस । मानवअधिकार तथा शान्ति समाजले प्रतिनिधिसभा असंवैधानिक, स्वेच्छाचारी एवं अलोकतान्त्रिक तवरमा विघटन गरिएको भन्दै देशव्यापी आन्दोलन सुरु गरेको छ ।
सिंहदरबार दक्षिणढोका अगाडि समाजले सोमबार आयोजना गरेको विरोध प्रदर्शनका क्रममा संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, पूर्व महासचिव कुमारराज सुवेदी, सचिव बलबहादुर गाहामगर, काठमाडाँै शाखा सभापति जगन्नाथ पुडासैनी, ललितपुर शाखा सभापति चन्द्रमणि बञ्जारा, अधिकारकर्मी अमृतजंग महत, ईश्वर पुडासैनी, माया भट्टराई, महेश आचार्य, बच्चुराम शर्मा, विकास थापा, किरण ढकाल, चिरञ्जीवी खड्का, तुलसीराम भण्डारीलाई प्रहरीले गिरफ्तार गरेको छ ।
प्रतिगमनविरुद्ध समाजको आन्दोलनका क्रममा पुस ५ गते दाङ शाखाको आयोजनामा तुलसीपुरमा र रुपन्देही शाखाको आयोजनामा बुटवलमा प्रदर्शन गरिएको जनाइएको छ । देशभरका शाखाले पनि प्रतिगामी कदमविरुद्ध विरोध प्रदर्शनको क्रमलाई निरन्तरता दिने समाजले जनाएको छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top