जीवनशैली

कहाँ जान लागेकी सुकुमारी ? (भिडियो)

काठमाडौं, ६ पुस । गायक मुरारी भण्डारीको ‘आलाप’ एल्बमको ‘कहाँ जान लागेकी सुकुमारी’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा मुरारी भण्डारीकै शब्द रहेको छ । उक्त गीतमा संगीत र संयोजन शशीविक्रम थापाको रहेको छ ।
म्युजिक बैंक नेपालमा रेकर्ड भएको सो गीतमा रेकर्ड, मिक्सिङ र मास्टरिङ कृष्ण पुनको रहेको छ । यस गीतको म्युजिक भिडियोमा संगीतकार स्वयंम शशीविक्रम थापाकै निर्देशन रहेको छ ।
गंगाराम राई र दिपक रायमाझीको छायाँकन रहेको भिडियोमा जगदिश अधिकारी, अर्जुन खड्का, मदनकुमार थापा, विक्रम नगरकोटी, सपेन्द्र धिताल, दिपिका थापा, संगीता तामाङ, अनिशा श्रेष्ठ, उषा मगर, दिपिशा दवाडीलगायतका कलाकारको अभिनय रहेको छ ।

Click to comment
To Top