प्रधानमन्त्रीले ३ बजे सम्बोधन गर्दै
अखबार टुडे
प्रकाशित:
२०७७, ६ पुष

काठमाडौं, ६ पुस । प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो राजनीतिक घटनालगायत विषयमा अहिले अपराह्न ३ बजे देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा हुने सम्बोधनको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने जनाइएको छ ।
प्रतिनिधिसभा विघटन भई ताजा जनादेशका लागि नयाँ निर्वाचनको मिति आइतबार तय भएपछि सो विषयमा प्रधानमन्त्रीले स्पष्ट पार्न लागेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । सोमबार नै प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य र निवर्तमान सांसद्सँग बालुवाटारमा परामर्श गरेका थिए ।

प्रतिक्रिया