संविधानको रक्षार्थ संघर्ष गर्न डिएलएको आह्वान
प्रकाशित:
२०७७, ६ पुष

काठमाडौं, ६ पुस । नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन (डिएलए)ले राजनीतिक स्थायित्व र देशको समृद्धिका पक्षमा जाहेर भएको प्रबल जनमत विपरीत जनप्रतिनिधिमूलक संस्था प्रतिनिधिसभा विघटन गरिएको सिफारिस र निर्णयको विरोध गरेको छ ।
डएलएका महासचिव लक्ष्मी दाहालले सोमबार विज्ञप्तिमार्फत प्रतिनिधिसभा विघटनसंविधानसम्मत नभएको तर्क गर्दै देश र जनता कोरोना कहरले थिलथिलो भएको समयमा सरकारले देशलाई अनावश्यक भार पर्ने गरी मध्यावधि निर्वाचनमा धकेल्ने कार्य गरेको आरोप लगाएका छन् । उनले संविधानको रक्षार्थ ठोस संघर्ष गर्न एकताबद्ध र परिणाममुखी पहल र प्रयासका लागि सम्बन्धित सबैमा आह्वान पनि गरेका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
मिरुना भन्छिन्- अध्ययन र काम गर्ने शैलीमा कहीँकतै तालमेलको अभाव छ
मितेरी पुल बाढीले बगाएपछि कैलाश मानसरोवर जान समस्या
मौद्रिक नीति : नीतिगत दर घट्यो (पूर्णपाठ)
युवालाई प्रधानमन्त्रीको आग्रह- २० वर्ष पुगेपछि विवाह गरेर सन्तान उत्पादनमा लाग्नुस्
सुनचाँदी व्यवसायीद्वारा आन्दोलन स्थगित, आजदेखि पसल खुल्ने