यस कारण संसद विघठन
अखबार टुडे
प्रकाशित:
२०७७, ५ पुष

काठमाडौं, ५ पुस । नेपाली राजनीतिमा तरंग उत्पन्न भएको छ । दुई तिहाइ बहुमत प्राप्त सरकारले नै प्रतिनिधिसभा भंग गर्दा तरंग उत्पन्न हुनु सामान्य हो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने किन साहस गरे ? भन्ने यहीबाट प्रष्ट हुन्छ, जबकि, नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न लागेको थाहा पाएपछि संसद विघठनको बाटो रोजेका हुन् ।
संसद विघठन भएपछि प्रचण्ड र नेपाल पक्षले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न लागेको खुलेको छ । ९० जना सांसदको हस्ताक्षरसहित प्रचण्डलाई भावी प्रधानमन्त्री तोकेर संसद सचिवालयमा बिहान १० बजेर ५० मिनेटमा अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो । अविश्वास प्रस्ताव दर्ता हुन लागेको जानकारीपछि प्रधानमन्त्रीले संसद विघटनको सिफारिश गरेका थिए ।

प्रतिक्रिया