सात मन्त्रीले राजीनामा दिए, बादल र भट्ट मौन
अखबार टुडे
प्रकाशित:
२०७७, ५ पुष

काठमाडौं, ५ पुस । संसद भंग भएसँगै सात जना मन्त्री पदबाट राजिनामा दिएका छन् । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि ओली नेतृत्वको सात मन्त्रीले सामूहिक राजीनामा दिएका हुन् ।
उर्जामन्त्री बर्षमान पुन, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, कृषि मन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, श्रममन्त्री रामेश्वर राय यादव, बन मन्त्री शक्ति बस्नेत र खानेपानी मन्त्री बिना मगरले राजीनामा दिएका छन् ।
प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि त्यसमा असहमति जनाउँदै उनीहरुले राजीनामा दिएका हुन् । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल खेमाका मानिएका मन्त्रीहरुले राजीनामा दिएका हुन् । तर, पूर्वमाओवादीका तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र लेखराज भट्टले भने राजीनामा दिएका छैनन् । भट्ट र बादल ओली निटक मानिन्छन् । उनीहरु अहिलेसम्म केही बोलेका छैनन् ।

प्रतिक्रिया