नेकपा स्थायी कमिटी बैठक : ओलीमाथि अनुशासनको कारबाही गर्ने तयारी !
अखबार टुडे
प्रकाशित:
२०७७, ५ पुष

काठमाडौं, ५ पुस । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरुको बैठकले संसद् विघटनको प्रस्ताव फिर्ता लिन दवाव दिने निर्णय गरेको छ । प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले सो निर्णय गरेलगत्तै अध्यक्ष प्रचण्ड बालुवाटार गएका छन् । खुमलटार बैठकमा बरिष्ठ माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायत नेता सहभागी थिए ।
यस्तै, विकसित राजनीतिक घटनाक्रमसँगै पुर्वनिर्धारित नेकपाको स्थायी कमिटि बैठक बस्दैछ । आइतबार एक बजेका लागि बोलाइएको बैठक केही ढिलो बस्ने तय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । अहिले बस्ने बैठकले केही महत्त्वपूर्ण निर्णय गर्नसक्ने नेताहरुले बताएका छन् । प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्ने तयारी गरिएको एक नेताले बताए । उनले ओलीलाई अनुशासनको कारबाही गर्न सक्ने र थप निर्णयका लागि तत्काल केन्द्रीय कमिटी एवं संसदीय दलको बैठक बस्न सक्नेछ ।

प्रतिक्रिया