Exclusive : २३ वैशाखमा निर्वाचन गर्ने प्रधानमन्त्रीको प्रस्ताव
अखबार टुडे
प्रकाशित:
२०७७, ५ पुष

काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २३ वैशाखमा निर्वाचन गर्ने प्रस्ताव गरेका छन् । आइतबार संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका ओलीले वैशाख २३ गते चुनाव प्रस्ताव राखेका हुन् । साथै २३ गतेको विकल्पमा २९ वैशाखमा समेत छलफल भइरहेको बताइएको छ । आइतबार बिहान आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद बैठकको सिफारिसमा संसद विघटन गरेपछि चुनावको तयारी गरिएको हो ।

प्रतिक्रिया